दार्चुलामा सुत्केरीको अवस्था गम्भीर, शिशुको पेटमै मृत्यु

दार्चुला । लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सोमबार रातिदेखि सुत्केरी व्यथा लागेपछि अत्यधिक रक्तस्राव भएको परिवारजनले बताएका छन्। सर्मोली स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया सुरु गरिएको थियो। तर अवस्था सुधार भएको भन्दै उद्धार रोकिएको र केही घण्टामै शीतलले मृत शिशु जन्माएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। […]
देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उडेका छन्। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्। पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकालेका […]