दार्चुला । लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सोमबार रातिदेखि सुत्केरी व्यथा लागेपछि अत्यधिक रक्तस्राव भएको परिवारजनले बताएका छन्।
सर्मोली स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया सुरु गरिएको थियो। तर अवस्था सुधार भएको भन्दै उद्धार रोकिएको र केही घण्टामै शीतलले मृत शिशु जन्माएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
अवस्था फेरि जटिल बनेपछि उनलाई गोकुलेश्वर हुँदै डडेल्धुरा अस्पताल पुर्याइएको छ। शीतलका पति भास्कर लावडका अनुसार अत्यधिक रक्तस्राव भएकी पत्नीसँग औषधी किन्न पैसा नहुँदा उपचारमा कठिनाइ भइरहेको छ।