बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि

काठमाडौं । यस वर्ष चैत महिनामा मात्रै देशका २३ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवनमा १ र काठमाडौंमा १ स्थानमा संक्रमण देखिएको हो।

__________ बिज्ञापन____________

यस वर्ष पहिलो पटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारीमा संक्रमण देखिएपछि रोग तीव्र रूपमा फैलिएको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि १ लाख ४ हजारभन्दा बढी कुखुरा तथा हाँस नष्ट गरिएको छ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा समेत बर्डफ्लु पुष्टि भएको छ। सुनसरी, झापा र मोरङमा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ। प्रभावित क्षेत्रमा आकस्मिक रोग अन्वेषण टोली परिचालन गरी नियन्त्रण अभियान चलाइएको छ।

सरकारले प्रभावित किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
0
Would love your thoughts, please comment.x
()
x