प्रधानमन्त्री शाहसँग तयारी पोसाक सङ्घका पदाधिकारीको महत्वपूर्ण छलफल

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्।

__________ बिज्ञापन____________

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुनुहुनेछ।

त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

 

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। त्यस अवसरमा उनीहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका छन्।

छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन्।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

कैलालीमा बैतडीका एक जना मृत फेला
अधिकार र समानताको आधार संविधान हो : मुख्यमन्त्री भट्ट
उत्कृष्ट गणित शिक्षकका रूपमा कृष्णबहादुर विक सम्मानित
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, चालक फरार
९ दिनदेखि बेपत्ता जितेन्द्रको खोजी तीव्र पार्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिममा संविधान दिवस भव्य रूपमा मनाइँदै, २३ सदस्यीय मूल समारोह समिति गठन
कञ्चनपुरमा युवकको रहस्यमय मृत्यु, घरमै फेला परे शव
सेवा सुविधा दिलाइदिने भन्दै २ लाख घुस लिएको आरोप, विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध मुद्दा