सय टेस्टको सँघारमा चार क्रिकेटर

काठमाडौँ । विश्व क्रिकेटमा हालसम्म ७६ जना खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट प्रतियोगिता खेलिसकेका छन् । तर, यसै साता यो सूचीमा चारजना खेलाडी थपिने भएका छन् । त्यसपछि एक सय टेस्ट खेल्ने क्रिकेटरको सङ्ख्या ८० पुग्नेछ ।

__________ बिज्ञापन____________

घरेलु टोली भारत र इङ्ल्यान्डबिच आगामी बिहीबार धर्मशालामा पाँचौँ टेस्ट सुरु हुँदैछ । उक्त टेस्ट भारतका रवीचन्द्रन आश्विन र इङ्ल्यान्डका जोनी ब्रेस्टोका लागि एक सयौँ टेस्ट हुनेछ । यी दुवै खेलाडीले हालसम्म ९९ टेस्ट खेलिसकेका छन् ।

त्यसको एक दिनपछि नै न्युजिल्यान्ड र अस्ट्रेलियाबिच क्राइस्टचर्चमा दोस्रो टेस्ट क्रिकेट सुरु हुँदैछ । त्यो टेस्ट न्युजिल्यान्डका लागि दुई खेलाडी टिम साउथी र केन विलियम्सनका लागि एक सयौँ टेस्ट हुनेछ । यी दुवै खेलाडीले हालसम्म ९९ टेस्ट खेलिसकेका छन् ।

एक सय टेस्ट खेलिसकेका केही खेलाडीले बनाएका रोचक कीर्तिमानको विषयमा यहाँ चर्चा गर्न खोजिएको हो । आफ्नो एक सय टेस्ट खेल्दासम्म पाँच सयभन्दा बढी विकेट लिने बलरको सूचीमा श्रीलङ्काका मुथैया मुरलिथरन पहिलो स्थानमा स्थानमा छन् ।

Muralitharan

एक सय टेस्ट खेल्दा मुरलिथरनले पाँच सय ९३ विकेट लिइसकेका थिए । सय खेल खेल्नुअघि नै उनले ४९ टेस्टमा पाँच विकेट र १४ टेस्टमा १० विकेट लिएका थिए । समग्रमा भने मुरलिथरनले एक सय ३३ टेस्ट खेल्दै कुल आठ सय विकेट लिएका थिए ।

मुरलिथरनबाहेक एक सय टेस्ट खेल्नुअघि नै पाँच सयभन्दा बढी विकेट लिने दोस्रो खेलाडी हुन, भारतका आश्विन । उनले हालसम्म ९९ टेस्ट खेल्दै पाँच सय सात विकेट लिइसकेका छन् । उनले ३५ टेस्टमा पाँच विकेट र आठ टेस्टमा १० विकेट लिइसकेका छन् । बिहीबार सुरु हुने खेल उनका लागि एक सयौँ टेस्ट हुनेछ ।

यसैगरी एक सय टेस्ट खेल्दासम्म सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका स्टिभन स्मिथ हुन् । स्मिथले एक सय टेस्ट खेल्दासम्म ५८.९५ को औसतले कुल नौ हजार एक सय ३७ रन बनाएका थिए । यस क्रममा उनले ३२ शतक प्रहार गरेका थिए । समग्रमा भने स्मिथले एक सय आठ टेस्ट खेल्दै ५७.५२ को औसतले कुल नौ हजार ६ सय ६५ रन बनाइसकेका छन् । उनले हालसम्म ३२ शतक र ४१ अर्धशतक प्रहार गरेका छन् ।

आफ्नो खेलजीवनको एक सयौँ टेस्टमा सहभागिता जनाउन लागेको विलियम्सले पनि स्मिथलाई पछ्याउँदै छन् । ३३ वर्षीय विलिम्सनले ९९ टेस्टमै ३२ शतक पुरा गरिसकेका छन् । उनले ३३ अर्धशतक पनि बनाएका छन् । विलियम्सनले हालसम्म ५५.२५ को औसतले कुल आठ हजार ६ सय ७५ रन बनाइसकेका छन् ।

एक सय टेस्ट खेल्ने खेलाडीमध्ये न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम मात्र यस्ता खेलाडी हुन् जसले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेदेखि एक सय टेस्ट खेल्दासम्म हरेक खेलमा सहभागिता जनाए । यसबिचमा देशले खेलेका हरेक टेस्ट प्रतियोगितामा उनी टोलीमा थिए ।

विश्व टेस्ट क्रिकेटमा म्याककुलमका अतिरिक्त अन्य पाँच खेलाडी यस्ता छन्, जसले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेदेखि एक सय टेस्ट खेल्दासम्म बिचमा एक खेल गुमाएका थिए । एलन बोर्डर, एलिस्टर कुक र कपिल देव पनि यो सूचीमा पर्छन् । सन् १९८४ मा कोलकातामा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा कपिल देबलाई रहश्यमयी तरिकाले टोलीमा समावेश गरिएको थिएन । अन्यता कपिल देव पनि म्याककुलमकै सूचीमा पर्ने थिए ।

यसैगरी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सबैभन्दा कम समयमा एक सयौँ टेस्ट खेल्ने खेलाडी इङ्ल्यान्डका एलिस्टर कुक हुन् । उनले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सात वर्ष दुई सय ८७ दिनपछि नै एक सयौँ टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सबैभन्दा लामो समयपछि एक सयौँ टेस्ट खेल्ने खेलाडी भने ग्राहम गुच हुन् । उनले ‘डेब्यू’ टेस्ट खेलेको १७ वर्ष दुई सय तीन दिनपछि एक सयौँ टेस्ट खेलेका थिए ।

यसैगरी सन् २००६ मा सेन्चुरियनमा भएको दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको टेस्टमा एकैपटक तीनजना खेलाडीले आफ्नो एक सयौँ टेस्ट खेलेका थिए । विश्व टेस्ट क्रिकेटको इतिहासमा एउटै खेलमा तीन खेलाडीले आफ्नो एक सयौँ टेस्ट खेलेको त्यो एकमात्र अवसर थियो । उक्त टेस्टमा ज्याक कालिस, सन पोलक र स्टेफन फ्लेमिङले एक सयौँ टेस्ट खेलेका थिए ।

हालसम्म इङ्ल्यान्डका १६ जना खेलाडीले एक सय टेस्ट खेलिसकेका छन् । जोनी ब्रेस्टो एक सय टेस्ट खेल्ने इङ्ल्यान्डका १७औँ खेलाडी बन्नेछन् । अन्य कुनै पनि राष्ट्रका यति धेरै खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट खेलेका छैनन् ।

यसैगरी अस्ट्रेलियाका १५ र भारतका १४ जना खेलाडीले हालसम्म एक सय वा त्योभन्दा बढी टेस्ट खेलेका छन् । पाकिस्तानका पाँचजना खेलाडीले मात्र हालसम्म एक सय टेस्ट खेलेका छन् । यो सबैभन्दा कम सङ्ख्या हो ।

हालसम्म तीनजना बलरले आफ्नो एक सयौँ टेस्टमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । यस्तो उपलब्धि हासिल गर्ने बलर शेन वार्न, मुथैया मुरलिथरन र अनिल कुम्बले हुन् । वार्नले सन् २००२ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको आफ्नो एक सयौँ टेस्टमा यस्तो सफलता हात पारेका थिए ।

यसैगरी मुरलिथरनले सन् २००६ मा खेलिएको बंगलादेशविरुद्धको आफ्नो एक सयौँ टेस्टमा र अनिल कुम्बलेले सन् २००५ मा खेलिएको श्रीलंकाविरुद्धको आफ्नो एक सयौँ टेस्टमा पाँच वा त्योभन्दा बढी विकेट लिएका थिए ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x