शिक्षामा बढी चासो राख्ने सुमनालाई शिक्षा मन्त्रालयकै जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसदमा, संसदीय समितिमा सबैभन्दा बढी प्रश्न गर्नेमा पर्छिन् ।  जल्दाबल्दा विषयमा गहन अध्ययनसहित सरकार तथा सरोकारवाला निकायमाथि उनको तिखो प्रश्न जान्छन् ।

__________ बिज्ञापन____________

तीक्ष्ण तार्किक क्षमता भएकी सुमनाको काँधमा यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई शिक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको हो । अब उनले जसरी प्रश्न गर्छिन्, त्यही आधार काम गर्छिन् वा गर्दिन त्यो हेर्न बाँकी छ । रास्वपाबाट पहिलो पटक उनले मन्त्री बन्ने अवसर पाएकी हुन् ।

संसदको शिक्षा समिति बैठकमा उनले राष्ट्रसेवक कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिँदै आएकी छन् । त्यस्तो नगर्दासम्म सार्वजनिक शिक्षा सुधार हुन नसक्ने उनको दाबी छ ।
त्यस्तै उनले शिक्षकले मासिक रूपमा तलब पाउने व्यवस्था गर्नुपर्ने र निजामती कर्मचारीको तुलनामा शिक्षकको तलब १ रुपैयाँ भएपनि बढी हुनुपर्नेमा उनको जोड छ । शिक्षा क्षेत्रबारे राम्रोसँग बुझेकी सुमनालाई शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगती अन्त्य गर्ने मौका मिलेको हो ।

suman shrestha

  • को हुन् सुमना ? 

उनी समानुपातिक तर्फकी सांसद हुन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य समेत हुन् । समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनी निकै सक्रिय छन् । उनले विधेयकमाथि गहन अध्ययन गर्दै विधेयक निर्माणकर्तासँगै सरोकारवालामाथि समेत गहकिलो प्रश्न उठान गर्दै आएकी छन् ।

२०४१ साल असोज १५ गते जन्मिएकी सुमना २०७९ सालको निर्वाचनमा आदिवासी जनजाति कोटाबाट समानुपातिक तर्फकी सांसद बनेकी थिइन् । टोखा स्थित एक अपार्टमेण्टमा बस्दै आएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी थिइन् । उनका श्रीमान् भने हाल  बेलायतमा बस्दै आएका छन् ।

आफूलाई पारदर्शी बनाउने क्रममा उनले आफ्ना हरेक गतिविधिबारे जानकारी दिन वेबसाइटकै विकास गरेकी छन् । उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी हुन् । त्यसअघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् ।

२०७२ सालअघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी ग्रुपमा काम गरेकी थिइन् । २०७२ सालमा नेपालमा महाभूकम्प गएपछि उनी नेपाल फर्किएकी थिइन् ।

भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग बोस्टन कन्सल्टिङ ग्रुपले उनलाई नेपाल पठाएको थियो । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेकी थिइन् । काष्ठमण्डप पुनः निर्माणसम्बन्धी उपसमितिमा समेत बसेर उनले काम गरेकी थिइन् भने रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेकी थिइन् ।

कोरोना महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरेकी थिइन् ।

उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ (Carpool Kathmandu) र मेडिकेसन फर नेपाल (Medication For Nepal)  लगायतका परियोजनाको सुरुवात गरेकी थिइन् । नाकाबन्दीका कारण देखा परेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी कारपुल नेपाल सुरु गरिएको थियो । महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले मेडिकेसन फर नेपाल सुरु गरिएको थियो ।

गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । उनले कोसी कोल्याबोरेटिभ (Kosi Collaborative), नोवाला बायोटेक (Novala BioTech) बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् ।

उनले राजनीतिमा आफ्नो पाइला चालिरहँदा तीन वटा प्राथमिकता राखेकी छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोस्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x