तीन विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् ।

__________ बिज्ञापन____________
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको कार्यकाल सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई १९ फागुन २०७६ मा नियुक्त गरेका थिए । कार्यकाल सकिएसँगै तीनै जना एकै दिन घर फर्किएका हुन् ।

सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिमको भने आवेदन प्रक्रिया नै स्थगित गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको हकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेको उपकुलपति सिफारिस समिति बनेको छ । उपकुलपतिका लागि १८ जनाले आवेदन दिएका छन् । उनीहरूले बुझाएको सोच पत्र र चार वर्षे प्रोफेसनल प्लानको मूल्याङ्कनको कार्य भइरहेको समितिले जनाएको छ ।

त्यस्तै मध्यपश्चिम र सुदूरपश्चिमको हकमा भने कार्यविधिमाथि नै प्रश्न उठेपछि छनोट प्रक्रिया रोकिएको छ । कार्यविधिको मापदण्डमा प्राध्यापकहरूले विरोध जनाएपछि छनोट प्रक्रिया रोकिएको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा मध्य र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिसको लागि समिति बनेको छ । उक्त समितिले कार्यविधिमा आवश्यक संशोधन कार्य गरिरहेको छ । कार्यविधिमा आवश्यक संशोधन गरेर त्यसपछि दरखास्त आवेदन आह्वान गरिने समितिले जनाएको छ ।
स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x