‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष ‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष ‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष

काठमाडौँ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमका बिच  सार्वजनिक ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा पूर्ण कमेडीले भरिएको छ ।

__________ बिज्ञापन____________

अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा छन् । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ । अपराधको पैसाले विरोल्छ भन्ने सन्देश पनि ट्रेलरले दिएको छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरूमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

स्रोत : Ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x