नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने जिम्मेवारी महिलाको काँधमा ?

कृषि विकास मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने पनि करीव ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न भएको देखिन्छ । त्यसमा पनि महिलाको संख्या हर्ने हो भने ८५ प्रतिशत भन्दा बढी नै देखिन्छ । नेपाली महिलाहरुको कृषिमा संलग्नताको अवस्थाले के देखाउँछ भने मुलुकमा कृषि उत्पादनका लागि महिलाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण देखिन्छ ।

__________ बिज्ञापन____________

तर कृषिमा संलग्न महिलाहरुको भूमिकालाई राज्यले प्राथमिकतामा पार्न सकेको देखिदैन । कृषि उत्पादनमा मात्र महिलाहरु संलग्न रहेका छैनन् । परम्परागत एवं निर्वामुखी रुपमा पशुपालन व्यवसाय पनि महिलाहरुले सञ्चालन गर्दै आईरहेका छन् । अझ पछिल्ला वर्षहरुलाई हेर्ने हो भने युवाहरुको विदेश पलायनका कारण पनि महिलाहरु कै संख्या कृषिमा बढी देखिन्छ । यद्यपी बढ्दो रेमिट्यान्सका कारण कृषिमा संलग्न भएका महिलाहरु पनि शहरमुखि हुन थालेका छन् । यसका कारण ग्रामिण भेगमा उर्वर जमीनहरु बाँझो खेतमा परिणत हुँदै गईरहेको पनि छ ।

ग्रामिण भेगमा सञ्चालनमा आएका र महिलाहरुद्धारा प्रवद्र्धन गरिएका कृषि सहकारीले पनि कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्नका लागि वेग्लै किमिसले आफ्नो भूमिका निर्वाह गरेका छन् । महिला कृषक समूह होस् वा महिला कृषि सहकारीहरु नै किन नहुन् त्यसका माध्यमबाट मुुलुकमा कृषि उत्पादकत्व बृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको तथ्य कसैले लुकाउन सक्ने अवस्था देखिंदैन ।

तर, पनि राज्य तहबाट कृषिका लागि ल्याईको कार्यक्रम कृषिमा संलग्न महिलामूखि हुन सकेको देखिँदैन । कृषि विकास मन्त्रालयले विगतमा वर्षहरुमा केही प्रयास गरेको जस्तो देखिएपनि ती कार्यक्रम ठूला एवं व्यवसायिक रुपमा गरेको देखिन्छ । कृषि उत्पादनमा प्रत्यक्ष संलग्न महिलाहरुलाई भन्दा पनि मध्यस्थकर्ता वा सिधा भन्ने हो भने विचौलियाहरुका लागि योजना तथा कार्यक्रमहरु तय भएका देखिन्छन् ।

कतिपय अनुदान हासिल गर्नका लागि महिलाहरुको नाम मात्र देखाएर पुरुषहरुले नै कागजी प्रक्रिया मिलाउने काम मात्र गरेको पनि देखिन्छ । कृषि विकास मन्त्रालयद्धारा सञ्चालनमा आएका व्यवसायिक कृषि तथा व्यापार आयोजना, किसानका लागि उन्नत वीउ विजन कार्यक्र, कृषि तथा खाद्य सुरक्षा आयोजना, उच्चमूल्य कृषि बस्तु विकास आयोजना, साना तथा मझौला कृषक जीविकोपार्जन आयोजना जस्ता धेरै आयोजनाहरु महिला मुखि भएको देखिंदैन ।

नेपाल सरकारले कृषिमा महिलाहरुको संलग्नतालाई हेर्ने कोशिन नै नगरिरहेको प्रष्ट हुन्छ । व्यवसायिक कृषिका नाममा कागजी प्रक्रियालाई मात्र प्राथमिकता दिएका कारण पनि वार्षिक रुपमा कृषि विकास मन्त्रालयले दिने गरेको करोडौंको अनुदान बालुवामा पानी बराबर नै देखिएको छ । सरकारले दिएको युवा लक्षित कार्यक्रम होस् वा साना साना कृषि फार्महरु जुन महिलाहरु सञ्चालन गरेका छन् फार्महरु दीर्घकालिन रुपमा नै सञ्चालन भईरहेका देखिन्छ भने त्यसको उपलब्धीहरु प्नि प्रशस्त मात्रामा देखिएको छ ।

बढ्दै गईरहेको शहरीकरण बैदेशिक रोजगारीको अपेक्षा वा विभिन्न कारणले गर्दा पनि मध्य पुस्ताका महिलाहरु बाहेक पछिल्लो पुस्ताका महिलाहरु पनि कृषि क्षेत्रमा त्यत्ति आकर्षक देखिएका छैनन् । घरपरिवारले पनि कृषिमा भन्दा अन्य क्षेत्रमा नै स्थापित हुनका लागि दिने उत्प्रेरणाका कारण पनि जुन प्रतिशतमा महिलाहरुको कृषिमा योगदान छ त्यो संख्या पनि नघट्ला भन्न सकिंदैन ।

तर पनि नेपालको कृषि क्षेत्रमा महिलाहरुको योगदानको प्रतिशत संख्या बढी नै देखिन्छ त्यो निरन्तर नै हुने छ पनि । त्यसकारण सरकारले कृषि उत्पादकत्व बृद्धि गर्ने योजनाहरु बनाउने हो भने त्यस्ता योजनाहरुमा कसरी महिलाहरुलाई बढी भन्दा बढी संलग्न गराउने भन्ने सोच ल्याउनु आवश्यक छ ।

अहिले देखिएको अवस्थालाई हेर्ने हो भने कृषिमा महिलाहरुले जति योगदान दिएपनि कृषिमा संलग्न महिला भन्दा तीनै महिलाहरुलाई देखाएर नेतृत्वमा पुग्ने र राजनीतिक खिचातानीमा पद हडप्ने एक तह अहिले पनि लागिरहेको छ । जसले कृषिमा संलग्न महिलाहरुलाई उत्साहित गराउने भन्दा पनि हतोत्साही गर्ने काम गर्दै आईरहेको पनि देखिन्छ ।

कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने काममा लागेको देखि त्यसको बजारीकरणसम्म लागेका महिलाहरुलाई पनि मूल्य श्रृखलामा ल्याउने अभियानमा अहिलेसम्म न त सरकार नत गैरसरकारी संस्था कोही पनि लाग्न सकेको देखिंदैन ।

महिला अधिकारका नाममा खुलेका सयौं गैरसरकारी संस्थाहरु पनि अधिकारका कुरा प्रशस्त गर्ने गरेको भएपनि कृषिमा संलग्न महिलाहरुलाई आईपर्ने समस्या, स्वास्थ्य बीमाका कुराहरु वा आपतकालिन अवस्थाहरुका बारेमा अहिलेसम्म कसैले पनि आवाज निकालेको पाईदैन ।

आखिर किन कृषिमा संलग्न महिलाहरुको विषयमा चर्चा हुन सकिरहेको छैन ? राज्यले त्यस्ता कुराहरुलाई किन सम्वोधन गर्न सकिरहेको छैन भन्ने वहश हुनु आवश्यक छ कि छैन । यदि कृषि क्षेत्रमा महिलाहरुले योगदान नदिने हो नेपालको कूल ग्रार्हस्थ उत्पादनमा करीव ३३ प्रतिशत योगदान दिईरहेको कृषि क्षेत्रको अवस्था के होला ? सिंहदरबारभित्र बसेर कृषि क्षेत्रले कूल ग्राहस्थ उत्पादनमा यति र उति प्रतिशत योगदान दिएको छ भनिरहँदा कसका कारणले सो योगदान प्राप्त भएको छ भन्ने कुरा आउनु पर्दछ कि पर्दैन ?

तसर्थ नेपाली कृषि क्षेत्रमा महत्वपूर्ण योगदान दिईरहेको महिलाहरुको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गईरहेकाले कृषिका नीति र महिला मैत्री र महिलाका पक्षमा हुन सके मात्र नेपाली कृषि क्षेत्रको विकासमा टेवा पुग्न सक्ने देखिन्छ ।

स्रोत : Kirshi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
0
Would love your thoughts, please comment.x
()
x