दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । दार्चुलामा सडक दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। काँडापारीबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ।

__________ बिज्ञापन____________

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो।

कामको सिलसिलामा उनीहरू काँडापारीबाट ओसिलतर्फ गइरहेका थिए।

प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो।

 

मङ्गलवार बिहान करिब ९ बजे आसपासमा भएको दुर्घटनामा घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ को काँडापारीका जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् ।

 

उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
घाँटीमा मासु अड्किँदा डोटीमा एकको मृत्यु
0
Would love your thoughts, please comment.x
()
x