धनगढीको फुलबारीमा पुष २३ गते देखि २७ गतेसम्म देउडा महोत्सव हुने

धनगढी: धनगढीको फूलबारीमा पुस २३ देखि २७ गतेसम्म लोक सांस्कृतिक तथा डेउडा महोत्सव हुने भएको छ।

__________ बिज्ञापन____________

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलबारीको संयुक्त आयोजनामा महोत्सव हुने मङ्गलवार धनगढीमा प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीको उपस्थितिमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिइएको हो ।

संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलकबहादुर ओलीले बताए। उनले महोत्सवमा प्रदेशस्तरीय डेउडा कार्यक्रम, पञ्चेबाजा, सखिया, झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेलो प्रतियोगिता गरिने बताए। महोत्सवमा चर्चित राष्ट्रिय डेउडा कलाकारहरूको समेत प्रस्तुति रहन अध्यक्ष ओलीले बताए। महोत्सवमा खुल्ला डेउडा प्रतियोगिता हुने र सुदूरपश्चिमका ९ जिल्ला सहित अन्य प्रदेशका प्रतियोगी टोलीको सहभागिता हुने आयोजकले जनाएको छ।

डेउडा प्रतियोगिताका लागि  पुस १८ देखि २३ गतेसम्म समूह दर्ता गर्न सकिने छ। डेउडा प्रतियोगिताका सहभागी टोलीहरूलाई पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। महोत्सवमा पञ्चेबाजा, भुवा, मारुनी, सखिया, झुम्रा नाच र तामाङसेलो नाचका उत्कृष्ट टोलीलाई सम्मान गरिने अध्यक्ष ओलीले बताए। महोत्सवमा प्रवेश नि;शुल्क लाग्ने छैन भने समूह दर्ताका लागि ९८४७३४४११९ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x