धनगढी । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। महासंघ कैलाली जिल्ला शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाभर क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै जिम्मेवार र विश्वसनीय पत्रकारिताको आवश्यकता औंल्याइएको थियो।
शाखा अध्यक्ष श्रवण देउवा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सत्य, निष्पक्ष र मर्यादित सूचना प्रवाह आजको प्रमुख आवश्यकता भएको बताएका थिए। अध्यक्ष देउवाले पत्रकारिताको विश्वसनीयता जोगाउन प्रत्येक पत्रकारले इमानदारी र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
स्थापना दिवसकै अवसरमा महासंघ कैलाली शाखाका पूर्वअध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो।