कृषि ज्ञान केन्द्र डडेल्धुराले अनुदानमा बाढेको २८ लाख हिनामिना

कृषि ज्ञान केन्द्र, डडेल्धुराले २५ लाखका दरले १५ वटा सञ्चालक समितिहरूलाई २०७६/०७७ मा अनुदान रकम दियो। केन्द्रले १५ वटा ब्लक सञ्चालक समितिहरूको खातामा तीन करोड ७५ लाख रुपैयाँ भुक्तानी दिएको हो।

__________ बिज्ञापन____________

तर, व्यवस्थापन खर्च र बैठक खर्चको नाममा भएको भुक्तानी गैरकानुनी देखिएको छ। उक्त रकम कृषि ज्ञान केन्द्र, डडेल्धुराले असुल गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका ब्लक सञ्चालक समितिहरुलाई व्यवस्थापन खर्चको नाममा भुक्तानी दिएको सात लाख २६ हजार ६ सय २५ र बैठक खर्चको नौ लाख रुपैयाँ असुल गर्नुपर्ने भएको हो।

प्रदेश सभाको बेरुजु अध्ययन उपसमितिका संयोजक सन्तोषकुमारी शर्मा थापाले उक्त रकम बेरुजु देखिएको बताइन।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र, डडेल्धुराले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न ९७ वटा फर्महरुलाई पाँच लाखका दरले रकम विनियोजन गरेको थियो।

कृषि ज्ञान केन्द्र, डडेल्धुराले वितरण गरेको चार करोड ८५ लाखमा व्यवस्थापन खर्चका लागि दिएको सात लाख ५० हजार चार सय ६० रुपैयाँ असुल गर्नुपर्ने भएको हो। कृषि ज्ञान केन्द्र, डडेल्धुराले जम्मा कृषि अनुदानमा दिएको रकममा २८ लाख पाँच हजार ८५ रुपैयाँ असुल गर्नुपर्ने भएको हो।

कृषि ज्ञान केन्द्र डडेल्धुराले दोगडा भूमिराज फलफूल प्रशोधन उद्योग, अमरगढी–५ लाई ४६ लाख ७५ हजार रुपैयाँ अनुदान दिएको थियो। ज्ञान केन्द्रले प्रचलित ऐन, नियम विपरीत अनुदान रकम भूमिराज फलफूल प्रशोधन उद्योगलाई दिएको भन्दै अख्तियारमा उजुरी परेको छ। प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिलेसमेत उद्योगको स्थलगत अनुगमन गरेको छ। उद्योगले पाएको अनुदान गैरकानुनी रहेको भन्दै उपसमितिले अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र डडेल्धुराको अनुदानको रकम हिनामिना भएको हो।

कृषि ज्ञान केन्द्र डडेल्धुराको अनुदान हिनामिना भएको छ। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र डडेल्धुराको २८ लाख पाँच हजार अनुदान रकम हिनामिना भएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका विभिन्न ब्लक, फर्महरूलाई वितरण गरिएको रकम असुल गर्नुपर्ने देखिएको छ।

कृषि ज्ञान केन्द्र, डडेल्धुराले व्यवस्थापन खर्च र बैठक खर्च भनेर विनियोजन गरेको रकम सञ्चालक समितिहरूबाट असुल उपर गर्नुपर्ने देखिएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ मा रहेको भूमिराज फलफूल प्रशोधन उद्योगले ४६ लाख ७५ हजार आर्थिक हिनामिना गरेको भन्दै अख्तियारले छानबिन गर्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x