धनगढी । कैलालीको टीकापुरमा पुस २५ गते देखि महोत्सव हुने भएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा टीकापुर महोत्सव आयोजना गर्न लागिएको हो ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव आयोजना गरिएको वाणिज्य सङ्घका महासचिव नवराज रिमालले बताए ।
महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् । महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ ।
वाणिज्य सङ्घको आयोजनामा २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।