विन्दुको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

धनगढी। प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ।

__________ बिज्ञापन____________

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा सुरु हुने छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो।

 

कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेकी छन्। प्रशिक्षकको रूपमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको सचिव भट्टले बताए।

 

पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो। बैतडीको दशरथचन्द क्रिकेट मैदानमा सम्पन्न बन्द प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x