धनगढी। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म राष्ट्रिय युवा संघ कप–२०८१ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो।
खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहने प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले जानकारी दिए। उनले खेलकुद मार्फत युवाहरूलाई स्वस्थ प्रतिस्पर्धामा जोड्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण भुमिका रहेको बताए ।
प्रतियोगितामा विजयी हुने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा विजेताले रु. २ लाख २५ हजार, उपविजेता रु. १ लाख २५ हजार, तेस्रो स्थान हासिल गर्ने टिमलाई रु. ७५ हजार पुरस्कार राखिएको छ।