अत्तरियामा खुल्यो सुदूरपश्चिमकै सुविधा सम्पन्न बिगबुल जिम क्लब

कैलाली। कैलालीको अत्तरियामा ३ करोड लगानीमा सुविधा सम्पन्न ‘बिगबुल फिटनेस एण्ड जुम्बा जिम हल उद्घाटन गरिएको छ।

__________ बिज्ञापन____________

आज एक कार्यक्रमका बिच वनदेवी मन्दिर गुलरियाका लोमस गिरी महाराजले उद्घाटन गरेका हुन् ।

३ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त जिम क्लब सुदूरपश्चिम क्षेत्रमै सबैभन्दा ठूलो लगानीमा स्थापना भएको र पछिल्लो समय युवाहरु लागूऔषधमा फस्दै गएको र स्वास्थ्यमा विविध समस्याहरु देखा पर्ने अवस्था रहेका कारण अत्याधुनीक जिम हल सञ्चालनमा ल्याएको संचालक राजु भट्टराईले बताए ।

स्वास्थ्यप्रति जनचेतना बढिरहेका बेला यस किसिमको सुविधा अत्तरियामा आवश्यक रहेको र यसले युवापुस्तालाई फिटनेसप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ। वैशाखको महिना इन्ट्री छुट गराएको  र एसइइ दिएर बस्ने विद्यार्थीहरुलाई प्रवेशपत्रका अनुसार निःशुल्क इन्ट्री समेत गराएको उनले जानकारी दिए।फिटनेसका लागि प्रति व्यक्ति,प्रति महिना दुई हजार रुपियाँ शुल्क तोकिएको छ ।

स्थानीय केही व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको क्लबमा आधुनिक जिम व्यायाम उपकरणहरू राखिएका छन्। साथै, जिमसँगै जुम्बा अभ्यासको सुविधा पनि उपलब्ध गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x