धनगढीमा युवाहरूलाई लक्षित गर्दै ‘एसपीए यूथ सर्ट फिल्म कम्पिटिसन’ आयोजना हुने

धनगढी । धनगढीमा युवाहरूलाई लक्षित गर्दै ‘एसपीए यूथ सर्ट फिल्म कम्पिटिसन’ आयोजना हुने भएको छ। प्रतियोगितामा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्।

__________ बिज्ञापन____________

फोर्टी टेन प्रा.लि को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्देश्य चलचित्र निर्माण, लेखन, अभिनय र प्रविधिमा रुचि भएका युवाहरूलाई क्षमता विकासको अवसर प्रदान गर्नु हो। इच्छुक सहभागीहरूले अनलाइन वा भौतिक फारम निःशुल्क भरेर आवेदन दिन सक्ने बारे शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक फोर्टी टेनका डाइरेक्टर संजिव रालले  प्रतियोगितामा सहभागी हुन निम्न चरणहरू रहने जानकारी दिए ।

पहिलो चरण : कथा प्रस्तुत
– दर्ता प्रक्रियापछि सहभागीहरूले जेठ ३ गते सम्म छोटो कथा फिल्मको अवधारणा पेस गर्नुपर्नेछ।
– विज्ञ निर्णायकहरूको समूहले सबै अवधारणाहरूको मूल्याङ्कन गर्नेछ।
– उत्कृष्ट १० कथा वा फिल्मको अवधारणा छनोट गरिनेछ।

दोस्रो चरण : कार्यशाला तथा मार्गदर्शन
– छनोट भएका सहभागीले १० दिने प्रशिक्षण लिनेछन्।
– प्रशिक्षणमा स्क्रिप्ट लेखन, दृश्य कथा वाचन, छायाङ्कन, सम्पादन जस्ता चलचित्र निर्माणका आधारभूत पक्षहरू समावेश गरिनेछ।
– सहभागीहरूले मोबाइल वा प्रोफेसनल क्यामेराको माध्यमबाट सिकाइ हुनेछ ।

तेस्रो चरण : फिल्म निर्माण
– प्रत्येक सहभागीलाई ५ दिनभित्र आफ्नो फिल्म निर्माण गरी सक्ने गरी समय दिइने छ ।
– उपकरणको रूपमा मोबाइल, डीएसएलआर वा अन्य कुनै पनि माध्यम प्रयोग गर्न सकिनेछ।

चौथो चरण : प्रदर्शन तथा निर्णय
– तयार भएका  १० वटा सर्ट फिल्म सिनेमा हल अथवा सार्वजनिक मञ्चमा प्रदर्शन गरिनेछ।
– कार्यक्रममा विशिष्ट अतिथि, निर्णायक मण्डल र स्थानीय दर्शकको उपस्थिति रहनेछ।
– मौलिकता, प्रस्तुति, रचनात्मकता र निर्माण पक्षका आधारमा अन्तिम विजेता घोषणा गरिनेछ।

पहिलो हुनेले पुरस्कार स्वरूप

– एभरेस्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति
– नगद पुरस्कार रु. ३०,०००
– गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

दोस्रो हुनेले पुरस्कार स्वरूप
– एभरेस्ट फिल्म एकेडेमीमा ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति
– नगद पुरस्कार रु. १५,०००
– गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

तेस्रो हुनेले पुरस्कार स्वरूप
– एभरेस्ट फिल्म एकेडेमीमा ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति
– नगद पुरस्कार रु. १५,०००
– गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

विशेष पुरस्कार अन्तरगत
– अभिनयमा रुचि भएका युवाका लागि काठमाडौँको एक्टरर्स हब एकेडेमीमा पूर्ण छात्रवृत्तिमा अभिनय सिक्ने अवसर प्रदान गरिने छ ।

उत्कृष्ट एक सर्ट फिल्म पब्लिक च्वाईस मार्फत (यूथ सर्ट फिल्म कम्पिटिसनको आधिकारिक फेसबुक पेजमा पोस्ट गरी) छनौट गरी विशेष पुरस्कार प्रदान गरिने छ ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फोर्टी टेनका सञ्चालक समीर प्रशाद भट्टले कक्षा ९ देखी ब्याचुलर अन्तिम वर्ष सम्म अध्ययनरत विद्यार्थीहरू लक्षित एसपीए यूथ सर्ट फिल्मको धनगढी ईडीसन सुदूरपश्चिममै नौलो अभ्यास भएको बताउँदै हाल सम्म टाइटल स्पन्सरका रूपमा एसपीए कलेज धनगढी, मुख्य एजुकेसन पार्टनर एभरेस्ट फिल्म एकेडेमी काठमाडौँ, ट्यालेन्ट नर्चर पार्टनर एक्टर्स हब काठमाडौँ, रिफ्रेसमेन्ट पार्टनर रुट्स एन फ्रुट्स धनगढी, लर्निङ पार्टनर एडुपल नेपाल धनगढीले साथ दिएको जानकारी दिएका छन् ।

सो अवसरमा बोल्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव शिबराज भट्टले कार्यक्रम सुदूरपश्चिमका लागि नौलो र यहाँका कन्टेन्ट क्रियसनमा लागेका युवा ट्यानेन्टहरुको लागि सुनौलो अवसर रहेको बताए ।

त्यस्तै, लर्निङ पार्टनर एडुपल नेपालका प्रतिनिधि मोहन भट्टले पछिल्लो समय युवा पुस्ताहरू अवसर नपाएर कुलतमा फसिरहेका बेला कला क्षेत्रमा आबद्ध युवाहरू लक्षित यो कार्यक्रमले केही हद सम्म भए पनि आफूहरूलाई साबित गर्न र व्यस्त राख्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, टाइटल स्पन्सर एसपीए कलेज धनगढीका क्याम्पस प्रमुख योगराज गौतम उपाध्यायले एसपीए कलेज सधैँ नव पर्वतपनमा विश्वास राख्दै विद्यार्थी र अभिभावकहरू को सुनौलो भविष्यको लागि खेल, प्राविधिक तथा विभिन्न सिप मूलक कार्यक्रमहरू सञ्चालन गरिराख्ने सुदूरपश्चिमको प्रविधि मैत्री कलेज भएको नाताले पनि फोर्टी टेन प्रा.लि ले अघि सारेको यो अवधारणमा सहकार्य गरेको बताए । भने यस कम्पिटीसनमा बढी भन्दा बढी विद्यार्थीहरूले आफ्नो कथा कन्सेप्टहरू प्रस्तुत गर्दै मौकाको सदुपयोग गर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x