६ प्रदेशका प्रहरी प्रमुख फेरिँए, कर्णाली डीआईजीविहीन

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा गृहमन्त्रालयले अझै प्रहरी नायव उपरीक्षक डीआईजी पठाएको छैन ।

__________ बिज्ञापन____________

गृहमन्त्रालयले आइतबार सात जना डीआईजीको सरुवा गर्दा पनि दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख भने अझै रिक्त रहेको छ ।

आइतबार ७ जनाको डीआईजीको सरुवा हुँदा कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर भए । तर कर्णाली प्रदेशमा भने गृहमन्त्रालयले कसैलाई पनि नपठाइ अहिलेसम्म रिक्त राखेको छ ।

कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुनमा एआईजीमा बढुवा भएका थिए । एआईजी भएपछि प्रदेश समन्यव विभागमा पदस्थापन भएका उनको ४ चैतमा अवकाश समेत भएको थियो । तर उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेशको डीआईजी अहिले पनि रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x