सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित पारित गरिएको हो।

__________ बिज्ञापन____________

विधेयक पारित हुनुअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विश्वविद्यालयले शिक्षासँगै स्वास्थ्य क्षेत्रलाई समेत समेट्ने उद्देश्य लिएको जानकारी दिए। उनले सहकुलपतिमा शिक्षा तथा स्वास्थ्य मन्त्रीलाई राख्ने व्यवस्था त्यसैअनुसार गरिएको स्पष्ट पारे।

छलफलमा सहभागी सांसदहरुले सुदूरपश्चिम क्षेत्रको हितमा गरिएको यो निर्णयप्रति समर्थन जनाएका थिए। सांसद योगेशकुमार भट्टराईले यो विषय लामो समयदेखि उठ्दै आएको उल्लेख गर्दै सुदूरपश्चिमका जनताको अपेक्षा पूरा भएको बताए। सांसद डा. अमरेशकुमार सिंहले मधेस प्रदेशमा हालसम्म सरकारी मेडिकल कलेज नखुलेकोमा दुःख व्यक्त गर्दै सुदूरपश्चिमका जनतालाई बधाई दिए।

सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालयको आवश्यकता औंल्याउँदै बहस अघि बढाए भने सांसद दामोदर पौडेल वैरागीले नयाँ विश्वविद्यालय सुदूरपश्चिमका लागि स्वास्थ्य शिक्षाको केन्द्र बन्ने विश्वास व्यक्त गरे।

सांसद किरणकुमार साहले सहिद दशरथ चन्दको बलिदानको सम्मानस्वरुप विश्वविद्यालय स्थापना गरिनु गौरवपूर्ण भएको बताए। डा. चन्दा कार्की भण्डारीले विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनु नहुनेमा जोड दिँदै सबैको सहकार्यमा उत्कृष्टता कायम राख्नुपर्ने धारणा राखिन्।

सांसद देवेन्द्र पौडेलले विश्वविद्यालयको नेतृत्व प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने व्यवस्था विधेयकमा समेटिनुपर्ने बताए। दिलेन्द्रप्रसाद बडुले राज्यले यस विश्वविद्यालयलाई नमुना विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सुझाव दिए।

छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले पनि सहभागिता जनाएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ५ गते बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x