“सुदूरपश्चिममा माओवादी जागरण: १० हजारभन्दा बढी प्रत्यक्ष सम्बोधन”

धनगढी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुरु गरेको “जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान” सुदूरपश्चिमबाट उत्साहजनक ढंगमा अगाडि बढिरहेको छ। अभियानको उद्घाटन २०८२ जेठ २ गते बैतडीको पाटनबाट अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

__________ बिज्ञापन____________

यो अभियान माओवादी अवधारणामा निर्मित पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई केन्द्रमा राखी आर्थिक तथा सामाजिक रूपान्तरणको सन्देश लिएर सुरु गरिएको हो। स्याटेलाइट सहर योजना अन्तर्गत पर्ने पाटनमा कलात्मक स्तम्भ अनावरण गर्दै अभियान सुरु गरिएको थियो।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेल, प्रदेश अध्यक्ष हरिराम चौधरीलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा पार्टी झण्डा हस्तान्तरण गरिएको थियो।

बैतडी, डडेल्धुरा, डोटी र अछाम जिल्लामा आयोजित जनसंवाद, जनसभा, सांस्कृतिक कार्यक्रम, स्वागत तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिहरूले अभियानलाई भव्य बनाएको थियो। यस क्रममा झन्डै १ हजार जना पार्टीमा प्रवेश गरेका छन् भने १० हजारभन्दा बढी जनतासँग प्रत्यक्ष सम्बोधन गरिएको छ।

अभियानको क्रममा प्रेस मिट, शहीद तथा बेपत्ता परिवारसँग भेट, स्थानीय समस्या अवलोकन, प्रशासनिक भेटघाट, खेलकुद र सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो।

पार्टीले यो अभियानले पार्टी एकता, जनसम्पर्क र समाजवादप्रतिको प्रतिबद्धता थप मजबुत बनाएको बताएको छ।

यहीबीच, नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसदबाट पारित भएकोमा माओवादी केन्द्रले स्वागत गरेको छ। प्रधानमन्त्री प्रचण्डको पहलमा स्थापना प्रक्रिया सुरु भएको यो विश्वविद्यालय सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि भएको जनाइएको छ।

पार्टीले अभियान सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै अभियानलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x