‘बिट द स्पीडः सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ, १३१ स्पीडसहित शीर्ष स्थानमा

धनगढी । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले आयोजना गरेको राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’ अन्तर्गत सुदूरपश्चिमको धनगढीमा शनिबार सम्पन्न स्पीड टेष्टमा २० वर्षीय अविषेक कोइरालाले १३१ किमी प्रतिघण्टा बलिङ स्पीड निकाल्दै अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्।

__________ बिज्ञापन____________

धनगढीमा आयोजित कार्यक्रममा करिब १०० जना प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्ये कोइरालासँगै २१ वर्षीय हिक्मत महराले १३० किमी र १९ वर्षीय मदन साहले १२५ किमी प्रतिघण्टा स्पीड निकाल्न सफल भए। गत वर्ष यही धनगढीमा निकालिएको अधिकतम स्पीड ११७ किमी मात्र थियो।

यो कीर्तिमानसँगै कोइरालाले यस सिजनको अहिलेसम्मकै उच्च स्पीडको कीर्तिमान पनि कायम गरेका छन्। यसअघि उच्च स्पीडको कीर्तिमान दाङका एक खेलाडीले १२५ किमी प्रतिघण्टा कायम गरेका थिए।

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, “देशभर छरिएका युवा प्रतिभालाई चिनाउन हामी ‘बिट द स्पीड’ अभियानमार्फत अवसर दिइरहेका छौं। यस अभियानले उनीहरूको सपना साकार पार्न सहयोग पुग्नेछ।”

अभियान अन्तर्गत देशभरका १९ सहरमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने बाँकी चार सहर – महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौं – मा कार्यक्रम सञ्चालन हुन बाँकी छ। प्रारम्भिक चरणमा छानिएका उत्कृष्ट १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनाले मा सहभागी गराइनेछ। उक्त फिनालेमा पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अली को प्रशिक्षण तथा मूल्याङ्कन रहनेछ।

फिनाले विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ। पहिलो हुनेले नगद १ लाख र भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको प्रशिक्षण प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

वर्ल्ड लिंकको यो अभियानले क्रिकेटप्रतिको लगावलाई डिजिटल कनेक्सनसँग जोड्दै, स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ।

गत बैशाख ३६ गते जनकपुरमा राष्ट्रिय टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख र ललित राजवंशी ले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x