अत्तरियामा गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न 

कैलाली। गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमाले गोदावरी नगर समिति द्वारा कैलालीको अत्तरियामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। अत्तरियाको पूर्वरोडस्थित मदन आश्रित स्मृति प्रतीक्षालयमा जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको सम्मान तथा रक्षाका लागि दीप प्रज्वलन गरिएको हो।

__________ बिज्ञापन____________

कार्यक्रममा नेकपा एमाले गोदावरी नगर कमिटी इन्चार्ज खम्म बुढाले विस्तृत शान्ति सम्झौता तथा संक्रमणकालीन न्यायका अपूरा कार्यहरूलाई पूर्णता दिनु जरुरी रहेको बताए। उनले संविधान प्रदत्त अधिकार जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए। बुढाले सामन्ती व्यवस्थाको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनाको सिलसिलालाई निरन्तरता दिनुपर्ने बताए।

 

सोही अवसरमा नेकपा एमाले गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रले मुलुकलाई नयाँ दिशातर्फ डोर्याएको बताउँदै, जनताको अपेक्षा अनुसार गणतन्त्र संस्थागत विकासमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

 

नेकपा एमाले कैलाली जिल्ला उपसचिव गंगा चौधरीले भने, “शासन व्यवस्था परिवर्तन भए पनि आम नागरिकको जीवनस्तरमा खासै परिवर्तन नआएकोले जनताले गणतन्त्रको अपेक्षित अनुभूति गर्न सकेका छैनन्।” उनले गणतन्त्रमा देखिएका त्रुटिहरू सच्याएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

 

कार्यक्रममा चौधरीले स्वतन्त्रताको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्दै गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरिन्।

 

दीप प्रज्वलन कार्यक्रममा पार्टीका विभिन्न नेताहरु, कार्यकर्ताहरू र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x