धनगढी। गणतन्त्र दिवसको अवसर पारेर धनगढी उपमहानगरपालिका स्थित निर्माण गेट नजिकै ‘माईक्रोहार्ड कम्प्युटर प्रालि’ नामक नयाँ आईटी पसल सञ्चालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा सुरु गरिएको यो प्रविधिमैत्री व्यवसायलाई व्यवसायी विन्द्रा सिंहले सञ्चालनमा ल्याएकी हुन्।
विगत १८ वर्षदेखि आईटी क्षेत्रमा सक्रिय सिंहले यसअघि टिकापुर र गुलरियामा पनि आफ्ना पसल सञ्चालन गर्दै आएकी छन्। धनगढीमा सञ्चालन गरिएको यो नयाँ शाखाबाट सीसीटीभी क्यामेरा, स्मार्ट बोर्ड, ल्यापटप, इन्क जस्ता सामग्रीहरूको बिक्री वितरण गरिने उनले जानकारी दिइन्। साथै, विभिन्न आईटी सम्बन्धी सम्पूर्ण सेवा तथा परामर्श पनि उपलब्ध गराइने बताइएको छ।

“प्रविधिको बढ्दो प्रयोग, सुरक्षामा चासो, वर्क फ्रॉम होम र अनलाइन शिक्षाको विकास, सरल व्यवसाय मोडल, युवा पुस्ताको रुचि र सरकारी तथा निजी क्षेत्रमा प्रविधिमा लगानीको आवश्यकता बढिरहेको अवस्थामा, स्थानीय स्तरमै गुणस्तरीय सेवा पुर्याउने र बेरोजगार युवाहरूलाई रोजगारीको अवसर दिने उद्देश्यले पसल सञ्चालनमा ल्याएकी हुँ,” सिंहले भनिन्।
पसलको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश धामीले गरेका थिए। उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी, सर्वसाधारण तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।