सामाजिक सद्भावको सन्देश: कुँवरद्वारा सेफ हाउसमा छोरीको जन्मदिन”

कैलाली। सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर र उनका श्रीमान्‌ दीपेन्द्र कुँवरले शनिबार आफ्नो छोरी प्रतिज्ञा कुँवरको जन्मदिन यस वर्ष पनि विशेष रुपमा मनाएका छन्। फजुल खर्चमा रमाउने परम्परालाई तोड्दै, उनीहरूले कैलालीको अत्तरियास्थित महिला तथा वालवालिका सेफ हाउसका असहाय बालबालिकासँग जन्मदिनको उत्सव बाँडेका हुन्।

__________ बिज्ञापन____________

गौरीगंगा नगरपालिका–६ निवासी बोगटीले विगत केही वर्षदेखि सामाजिक सेवामा आधारित जन्मदिन मनाउने परम्परा कायम राख्दै आएका छन्। यसपटक पनि उनीहरूले सेफ हाउसमा आश्रय लिएका बालबालिकालाई भोजन खुवाएर छोरीको जन्मदिन विशेष बनाएका छन्।

बोगटी पछिल्ला वर्षहरूमा सामाजिक कार्यमा सक्रियता बढाउँदै सामाजिक परिवर्तनको सन्देश फैलाउँदै आएकी छिन्। उनका यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पारिरहेको छ।

महिला तथा वालवालिका सेफ हाउसकी अध्यक्ष जानकी मलासीले कुँवर परिवारलाई जन्मदिनको शुभकामना दिँदै, असहाय बालबालिकासँग समय बिताएर उनीहरूको मन जितेकोमा धन्यवाद दिइन्। मलासीले यस प्रकारका सामाजिक उत्तरदायित्वले संस्थामा बसोबास गर्ने बालबालिकालाई उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

यस प्रेरणादायी कार्यले जन्मदिन जस्ता अवसरलाई सामाजिक सेवामा रूपान्तरण गर्ने सोचलाई प्रवर्द्धन गरेको छ। लक्ष्मी बोगटी कुँवरको यो अभियान समाजमा अनुकरणीय उदाहरण बन्न पुगेको छ। उनि पछिल्लो समय सामाजिक सेवामा निकै सक्रिय छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x