लाहुरेको रेलिमाई’लाई दुई लाख रुपैयाँ राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । गैरआवासीय नेपाली लेखक विजय हितानद्वारा लिखित जीवनीमूलक कृति ‘लाहुरेको रेलिमाई’ लाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समिति द्वारा स्थापना गरिएको दुई लाख रुपैयाँ नगद राशीको यो पुरस्कार विदेशमा रहेर नेपाली साहित्य सिर्जना गर्ने लेखकहरूलाई प्रदान गरिँदै आएको हो।

__________ बिज्ञापन____________

शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा चर्चित कवि बैरागी काइँलाले लेखक हितानलाई उक्त पुरस्कार प्रदान गरे। समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले कृतिमा ‘मास्टर मित्रसेन’को सैनिक तथा सांगीतिक जीवनलाई अत्यन्त पठनीय रूपमा प्रस्तुत गरिएको भन्दै लेखकलाई बधाई दिए।

साहित्यकार तथा नेपाली सेनाका पूर्व रथी बाबुकृष्ण कार्कीले कृति न केवल सेनासम्बन्धी पाठक, तर सबै साहित्यप्रेमीहरूका लागि पनि रोचक र संग्रहणीय रहेको उल्लेख गरे।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले पछिल्लो समय नेपाली साहित्यमा युद्ध सम्बन्धी विषयवस्तुले प्रमुख स्थान ओगटिरहेको औंल्याए। पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष कवि हिक्मत थापाले प्रवासमा रहेका नेपाली स्रष्टालाई सम्मान र प्रेरणा दिने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जानकारी गराए।

कवि रमेश पौडेलले ‘बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि, हृदयमा कलम छ’ भन्दै सैनिक जीवन र साहित्यिक सिर्जनाको संगमलाई समेटिएको कृति भएको प्रतिक्रिया दिए।

पुरस्कृत लेखक विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनवृत्त माथि लामो समय अनुसन्धानपछि ‘लाहुरेको रेलिमाई’ तयार पारेको जानकारी गराउँदै यो पुरस्कारले आफूलाई युद्ध साहित्यमा अझ गहिरो अनुसन्धान गर्न प्रेरणा दिएको बताए।

कार्यक्रममा साहित्यकार प्रतीक ढकाल, भवानी खतिवडा, कृष्ण बाउसे, भावेश भुमरी, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई लगायत दर्जनौं साहित्यकार, पत्रकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x