कैलाली। नेपाल खेलकुद महासंघ कैलालीको जिल्ला कमिटीको तेस्रो अधिवेशनबाट महेन्द्र भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। आज सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवगठित कमिटीमा उपाध्यक्षमा दिनेश सिंह कडायत र इसारा देवकोटा चयन भएका छन् भने सचिवमा कृष्णप्रसाद ओझा चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा हरेंद्र नाथ, सह–सचिवमा उमाकान्त भट्ट र अर्जुन थापा चयन भएका छन्।
सदस्यहरूमा करुणा बडुवाल, शन्तोष बी.सी, अशोक शाही, हरिश धित्त, मनिष सावद, चन्द्रा सावद, यादव थापा र मनोज ठगुन्ना रहेका छन्।
नेकपा (एमाले) निकट जनवर्गीय संगठनको रूपमा परिचित खेलकुद महासंघ कैलालीको अधिवेशन उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले गरेका थिए।
कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज विष्णु कुमार चन्द, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बम, एमाले कैलाली उपाध्यक्ष लोकेन्द्र शाही, महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्द र केन्द्रीय सदस्य चित्र भट्टलगायत नेताहरूले सम्बोधन गरेका थिए।
कार्यक्रममा एमाले नेता पदम सिङ्गाल, महासंघका सुदूरपश्चिम उपाध्यक्ष हिक्मत रावल, सचिव प्रकाश बी.केसहित विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।