दलितका लागि दलित अभियानद्वारा अत्तरियामा बृहत-जागरण सभा हुने

कैलाली। दलित समुदायको हकहित र सामाजिक न्यायको प्रवर्द्धनका लागि सक्रिय  ‘दलितका लागि दलित अभियान, नेपाल’ ले अत्तरियामा बृहत-जागरण सभा आयोजना गर्ने भएको छ।

__________ बिज्ञापन____________

सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा हुने यो कार्यक्रम भोली (बिहीबार), बिहान ११:०० बजे, नमस्ते होटेल, अत्तरिया, कैलाली मा सुरू हुने आयोजकले जनाएका छन्।

सभामा दलितका लागि दलित अभियान, नेपाल का संयोजक खगेन्द्र सुनार प्रमुख अतिथि रहनेछन्।

“आफ्नो लागि आफै” भन्ने नारासँग अघि बढिरहेको अभियानले यस सभामार्फत दलित समुदायभित्र चेतनाको जागरण, एकताको सुदृढीकरण र सामाजिक न्यायको पक्षमा सशक्त आवाज बुलन्द गर्ने अपेक्षा लिएको छ।

संयोजक सुनारले बृहत-सभाबाट दलित समुदायले आफ्ना हक–अधिकारप्रति स्पष्ट दृष्टिकोण बनाउने र सामाजिक अन्यायविरुद्ध संगठित ढंगले अघि बढ्न उत्प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x