महिलाको आय आर्जनका लागि बाख्रा वितरण कार्यक्रम सम्पन्न

दिपक संगम विश्वकर्मा
टीकापुर। भेटनरी अस्पताल तथा पशु पन्छी विज्ञ केन्द्र, धनगढी कैलालीको समन्वयमा टीकापुरका तीन महिला समूहको संयुक्त आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरणका लागि बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

__________ बिज्ञापन____________

कार्यक्रम सयपत्री महिला कृषक समूह वडा नं. २, सुन्दर पार्क गौमाता महिला समूह वडा नं. ५, र टिकापुर महिला साना किसान सहकारी संस्था लि., वडा नं. २ को संयुक्त पहलमा आयोजना गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेश सभासद् तथा जनप्रतिनिधि माननीय ललिता सुनारको उपस्थिति रहेको थियो। वडा प्रतिनिधिहरू तथा स्थानीय नेताहरूको विशेष सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत स्थानीय महिलाहरूलाई बाख्राहरू वितरण गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिइएको छ। आयोजक संस्थाहरूका अनुसार बाख्रापालनमार्फत महिलाहरूलाई आय आर्जनको अवसर प्रदान गरी आर्थिक रूपमा सबल बनाउने लक्ष्य राखिएको छ।

उनीहरूले विश्वास व्यक्त गरेका छन् कि यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ र स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
0
Would love your thoughts, please comment.x
()
x