दीपक संगम बिस्वकर्मा
टिकापुर । टिकापुर क्षेत्रमा लगातार हुने विद्युत अवरुद्धप्रति आपत्ति जनाउँदै विद्यार्थी संगठनहरूले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका छन्।
टिकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पसका स्ववियु अध्यक्ष किरण साउद र गोपाल खत्रीले संयुक्त रूपमा टिकापुर वितरण केन्द्रमा ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले बिना सूचना दैनिक ५–६ घण्टा विद्युत कटौतीले परीक्षा र अध्ययनमा गम्भीर असर परेको जनाउँदै तत्काल समाधानको माग गरेका छन्।
विद्यार्थीहरूका अनुसार समस्या समाधान नभए चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनीसमेत दिइएको छ।