जानकी गाउँपालिकाद्वारा २६२ किसानलाई सूक्ष्म तत्व निःशुल्क वितरण

दिपक बहादुर विश्वकर्मा
दुर्गौली। जानकी गाउँपालिकाले कृषि उत्पादनमा सुधार ल्याउने उद्देश्यसहित २ सय ६२ जना किसानलाई निःशुल्क सूक्ष्म तत्व वितरण गरेको छ।

__________ बिज्ञापन____________

गाउँपालिकाको कृषि विकास शाखाले वैशाख ३१ र जेठ १ गते सञ्चालन गरेको माटो परीक्षण शिविरमा सहभागी भएका किसानहरूको माटो परीक्षणपछि आवश्यक पोषक तत्वहरूको अभाव देखिएको थियो। सोही आधारमा किसानहरूलाई जिंक, पोटास, फस्फोरस र नाइट्रोजनजस्ता आवश्यक सूक्ष्म तत्वहरू वितरण गरिएको हो।

दिईएको जानकारी अनुसार माटोमा पोषणको अभावका कारण उत्पादनमा गिरावट देखिएकाले त्यस्तो कमी पूर्ति गर्न सूक्ष्म तत्वको वितरण गरिएको हो। वितरण कार्यक्रम जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति कठरियाको संयुक्त उपस्थितिमा सम्पन्न गरिएको थियो।

गाउँपालिकाले आगामी दिनमा पनि माटोको गुणस्तर सुधार, वैज्ञानिक खेती प्रवर्द्धन र उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएको छ।

यस कार्यक्रमबाट किसानहरू उत्साहित भएका छन् भने कृषि क्षेत्रको दिगो विकासतर्फ सकारात्मक संकेत देखिएको स्थानीय कृषकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x