बाेगटान फुड्सिल दुईमा नौ सुत्केरी महिलालाई पोषण कोसेली वितरण

दिपक बहादुर विश्वकर्मा
डोटी
डोटीको बाेगटान फुड्सिल गाउँपालिका दुईमा रहेका नौ जना सुत्केरी महिलालाई पोषण कोसेली वितरण गरिएको छ। वडाको वार्षिक कार्यक्रमअन्तर्गत केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष भरत बहादुर बमको अध्यक्षतामा कोसेली वितरण गरिएको हो।

__________ बिज्ञापन____________

चालू आर्थिक वर्ष २०८१/०८२ को वडा परिषद्बाट विनियोजन भएको बजेटमार्फत सञ्चालन गरिएको कार्यक्रममा सहभागी प्रत्येक सुत्केरी आमालाई २ हजार रुपैयाँ बराबरको पोषण सामग्री प्रदान गरिएको वडा कार्यालयले जानकारी दिएको छ।

वडाध्यक्ष बमले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै शिशु र मातृ मृत्युदर घटाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “गाउँघरमै हुने असुरक्षित सुत्केरी प्रक्रिया घटाउने, मातृस्वास्थ्यको सुधार र नवजात शिशुको जीवन रक्षा हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

स्वास्थ्य व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयवासीले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। स्वास्थ्य संस्थामै सुत्केरी गराउने प्रवृत्ति बढाउने उद्देश्यका साथ गरिएको कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x