जानकी गाउँपालिकाद्वारा बालमुक्ति विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

दिपक बहादुर विश्वकर्मा
कैलाली। जानकी गाउँपालिका वडा नं. तिन स्थित बालमुक्ति आधारभूत विद्यालय, लायकपुरले शैक्षिक सामग्री प्राप्त गरेको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीले विद्यालयका प्रधानाध्यापक नन्दराज उपाध्यायलाई सामग्रीहरू हस्तान्तरण गर्नुभयो।

__________ बिज्ञापन____________

उक्त सामग्रीहरू बाल कल्याण संघद्वारा सञ्चालित ‘बाल समृद्धि कार्यक्रम’ अन्तर्गत ट्रान्सफार्म एड इन्टरनेशनलको सहयोगमा प्रदान गरिएको हो। विद्यालयमा आयोजित सानो समारोहबीच सामग्री हस्तान्तरण गरिएको हो।

समारोहमा प्रमुख अतिथि अध्यक्ष चौधरीले बालमैत्री शिक्षाको प्रवर्द्धन गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत साथ दिने प्रतिबद्धता जनाउनुभयो। प्रधानाध्यापक उपाध्यायले पठनपाठनमा सहजता ल्याउन सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार प्रकट गर्नुभयो।

बाल समृद्धि कार्यक्रम ग्रामीण भेगका बालबालिकाको समग्र विकास र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x