गोदावरी नगरपालिकाको १ अर्ब १८ करोड बराबरको बजेट सार्वजनिक

भरत दास
अत्तरिया । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरको १५औँ नगरसभा शुक्रबार सम्पन्न भएको हो, जहाँ नगरप्रमुख बिरेन्द्र भट्टले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे।

__________ बिज्ञापन____________

नगरप्रमुख भट्टका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत कुल ८६ करोड १३ लाखभन्दा बढी बजेट प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारमार्फत पनि विभिन्न शीर्षकमा १३ करोड ७३ लाखभन्दा बढी बजेट प्राप्त हुने अपेक्षा गरिएको छ। आन्तरिक स्रोतबाट १५ करोड ९ लाख, बैंक मौज्दातबाट ३ करोड ५० लाख र अन्य विभिन्न शीर्षकबाट समेत आम्दानी हुने बताइएको छ।

खर्च विवरण

नगरको कुल बजेटमध्ये ६९ प्रतिशत चालू खर्चतर्फ र ३१ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

मुख्य शीर्षकहरूमा विनियोजित बजेट यसप्रकार छ:

नगरकार्यपालिका: ३३ करोड ९६ लाख १९ हजार

वडा कार्यालयहरू: १२ करोड

शिक्षा, युवा तथा खेलकुद शाखा: ९ करोड २ लाख ६७ हजार

स्वास्थ्य शाखा: ८७ लाख ५० हजार

कृषि विकास शाखा: २६ लाख ५० हजार

पशु सेवा शाखा: ६३ लाख

त्यस्तै, महिला विकास शाखा, सहकारी शाखा, सामाजिक तथा आर्थिक विकास शाखा, र न्यायिक समिति लगायतका शाखालाई समेत छुट्टै बजेट विनियोजन गरिएको छ।

विशेष कार्यक्रम

मालाखेती अस्पतालका लागि १ करोड २० लाख र भूमि व्यवस्था इकाइका लागि ६० लाख विनियोजन गरिएको छ। संघीय तथा प्रदेश सरकारका सशर्त, विशेष र समपूरक अनुदानमार्फत विभिन्न पूर्वाधार, स्वास्थ्य तथा शिक्षा परियोजनामा लगानी गरिने बताइएको छ।

नगरप्रमुख भट्टले स्थानीय जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको उल्लेख गर्दै पारदर्शिता, कार्यक्षमता र विकासमा प्राथमिकता दिइने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x