कैलालीका १२ स्थानीय तहले सार्वजनिक गरे नयाँ आर्थिक वर्षको बजेट, धनगढीको सबैभन्दा ठूलो

दिपक बहादुर विश्वकर्मा
कैलाली । कैलाली जिल्लाभित्रका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म १२ स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् भने मोहन्याल गाउँपालिकाले भने बजेट अझै सार्वजनिक गरेको छैन।

__________ बिज्ञापन____________

यसपटक सबैभन्दा ठूलो बजेट धनगढी उपमहानगरपालिकाले ल्याएको छ। उपमहानगरले २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। त्यसपछिका नगर/गाउँपालिकाहरूले पनि अर्बौंको बजेट ल्याएका छन्।

अन्य पालिकाहरूको बजेट विवरण

लम्कीचुहा नगरपालिका: १ अर्ब २० करोड ९९ लाख

गोदावरी नगरपालिका: १ अर्ब १८ करोड

बर्दगोरिया गाउँपालिका: १ अर्ब २ करोड ९१ लाख

गौरीगंगा नगरपालिका: १ अर्ब १ करोड ७६ लाख ३३ हजार

घोडाघोडी नगरपालिका: १ अर्ब १ करोड ४० लाख २२ हजार

साना तथा मध्यम आकारका स्थानीय तहको बजेट यसप्रकार छ:

टीकापुर नगरपालिका: ९३ करोड ६७ लाख ९७ हजार १२७

जानकी गाउँपालिका: ९१ करोड ३७ लाख ७ हजार

जोशीपुर गाउँपालिका: ८३ करोड ८६ लाख ५९ हजार १५४

कैलारी गाउँपालिका: ७२ करोड २५ लाख

भजनी नगरपालिका: ६८ करोड ४३ लाख ६५ हजार ३४१

चुरे गाउँपालिका: ५२ करोड ८७ लाख

मोहन्याल गाउँपालिकाको बजेट आउँदै

हालसम्म मोहन्याल गाउँपालिकाले मात्र आगामी वर्षको बजेट सार्वजनिक गरेको छैन। अध्यक्ष देवदत्त उपाध्यायले बजेट तयारी अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।

स्थानीय तहहरूले यस वर्ष पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकता दिएका छन्। तर, बजेटको प्रभावकारी कार्यान्वयन भने चुनौतीपूर्ण हुने विज्ञहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x