भजनी नगरपालिकाले आगामी वर्षका लागि ६८ करोड बढीको बजेट ल्यायो

दीपक बहादुर विश्वकर्मा
कैलाली । भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। नगरपालिका उपप्रमुख राजु तिरुवाले नगरपालिकाको १८औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेकी हुन्।

__________ बिज्ञापन____________

उक्त बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न श्रोतको अनुमानित आय यथार्थमा यसरी रहेको छ:

वित्तीय समानीकरण अनुदानबाट १४ करोड १३ लाख

सशर्त चालू अनुदानबाट २३ करोड १८ लाख

सशर्त पुँजीगत अनुदानबाट १ करोड १० लाख

समपुरक पुँजीगत अनुदानबाट ६७ लाख

राजस्व बाँडफाँडबाट १२ करोड ४५ लाख १४ हजार ३४१ रुपैयाँ

प्रदेश सरकारतर्फको आय अनुमानमा:

वित्तीय समानीकरणबाट १ करोड ३४ लाख ८७ हजार

सशर्त अनुदानबाट ४० लाख

विशेष अनुदानबाट ८५ लाख

समपुरक अनुदानबाट १ करोड ३५ लाख

राजस्व बाँडफाँडबाट ४२ लाख ३४ हजार रुपैयाँ समावेश गरिएको छ।

आन्तरिक आम्दानीतर्फ नगरपालिकाले घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ७२ लाख ५० हजार र अन्य स्रोतबाट तीन करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। साथै, चालू आर्थिक वर्षको बाँकी रकम ६ करोड ३५ लाख रहेको र बेरुजु असुलीबाट दुई करोड उठाउने लक्ष्य लिइएको छ।

नगरपालिकाले प्रस्तुत बजेटलाई विकास, पूर्वाधार निर्माण, सेवा प्रवाह तथा समावेशी कार्यक्रमहरूमा प्राथमिकता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x