नेपालमै पहिलोपटक चाइनिज धानका नयाँ जातको परीक्षण जानकी गाउँपालिकामा सुरू

दिपक बहादुर विश्वकर्मा
कैलाली । नेपालमा पहिलोपटक चाइनिज धानका २० नयाँ जातहरूको परीक्षण कार्य कैलाली जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीस्थित एकीकृत कृषि फर्ममा सुरू गरिएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा सञ्चालित उक्त फर्मले काठमाडौँस्थित Mero Agro Pvt. Ltd. सँगको सहकार्यमा GA501 देखि GA520 सम्मका धानका जातहरू परीक्षणका लागि डेमो प्लटमा रोपेका छन्।

__________ बिज्ञापन____________

नयाँ जातको वैज्ञानिक परीक्षण सुरू

यी धानका जातहरू नेपालका लागि पूर्णतया नयाँ भएकोले, अब तिनको उत्पादन क्षमता, रोग–कीरा प्रतिरोध, बालाको साइज, परालको लम्बाइ, तथा समग्र गुणस्तरको वैज्ञानिक परीक्षण गरिनेछ। परीक्षणको उद्देश्य नेपालमा जलवायु अनुकूल उन्नत जात छनोट गर्दै कृषि उत्पादन वृद्धि तथा चामलमा आत्मनिर्भरता बढाउनु हो।

Mero Agro Pvt. Ltd. का अनुसन्धान तथा विकास प्रमुख योगेन्द्र बिश्वकर्माका अनुसार, “परीक्षणबाट प्राप्त हुने डेटा र अनुभवले भविष्यमा कृषकहरूको आम्दानी वृद्धि तथा राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउनेछ।”

विद्यार्थीहरूलाई व्यवहारिक सिकाइको अवसर

उक्त कार्यक्रमलाई प्राविधिक अभ्यासको रूपमा प्रस्तुत गर्दै जानकी गाउँपालिका लगायत सुदूरपश्चिमका विभिन्न विद्यालयहरूबाट कृषि विषय अध्ययनरत विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। विद्यार्थीहरूले धान रोप्ने विधि, बेर्ना संख्या निर्धारण, रोपाइँको दुरी, उत्पादनमा दुरीको प्रभावलगायतका विषयमा प्रत्यक्ष प्रशिक्षण प्राप्त गरे।

कार्यक्रममा कृषि विज्ञ योगेन्द्र बिश्वकर्माको प्राविधिक नेतृत्व रहेको थियो। उनले भने, “प्रयोगमा आधारित सिकाइ नै दीर्घकालीन कृषि रूपान्तरणको आधार हो। यस्ता प्रयास स्थानीय तहबाटै अघि बढ्नु आवश्यक छ।”

सहकार्यबाट सम्भव छ कृषि रूपान्तरण

कार्यक्रमले कृषिमा आधुनिकीकरण र नवप्रविधिको प्रवर्द्धनका लागि सहकारी संस्था, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको सन्देश दिएको छ।
एकीकृत कृषि फर्म जानकी ०९ अमरावतीका फर्म प्रमुख वीरेन्द्र शाहले परीक्षण सफल भएमा चाइनिज धानका यी उन्नत जातहरू नेपालभर विस्तार गर्ने योजना रहेको जानकारी दिए। साथै, फर्म प्रतिनिधिहरूले आगामी दिनमा थप प्रविधिमैत्री अनुसन्धान र किसान लक्षित तालिमहरू सञ्चालन गर्ने लक्ष्यसमेत राखेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x