बोगटान फुड्सिलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्डमा ७ पदक

दिपक बहादुर विश्वकर्मा
डोटी । डोटीको बडिकेदारस्थित विपिनगरमा सम्पन्न १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा बोगटान फुड्सिल गाउँपालिकाका विद्यार्थीहरूले उल्लेखनीय सफलता हात पारेका छन्।

__________ बिज्ञापन____________

फागुन १७ देखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूले कुल ७ पदक जित्दै बोगटानको नाम चम्काएका हुन्। उनीहरूले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक प्राप्त गरेका छन्।

पदक विजेता खेलाडीहरूमा श्री खत्याडी माविबाट ३ जना, श्री जोराघाट माविबाट २ जना र श्री भगवतेश्वर माविबाट १ जना विद्यार्थी रहेका छन्।

खेलकुदमा विद्यार्थीहरूको रुचि र प्रदर्शनलाई उत्साहजनक मान्दै बोगटान फुड्सिल गाउँपालिकाले विजयी खेलाडीहरूलाई प्रमाणपत्र, खादा र नगद पुरस्कारसहित सम्मान गरेको छ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण गाउँसभा सदस्यहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाले आगामी दिनमा खेलकुदलाई अझ प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x