काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो। यस वर्ष कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ४,३८,८९६ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये २,७१,२९९ जनाले परीक्षा पास गरेका छन्। नतिजा अनुसार विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको विवरण यस्तो छ:
जीपीए १.६० देखि २.००: ८ जना
जीपीए २.०० देखि २.४०: ४,१२६ जना
जीपीए २.४० देखि २.८०: ४८,४७९ जना
जीपीए २.८० देखि ३.२०: ८९,१२४ जना
जीपीए ३.२० देखि ३.६०: ८१,३८५ जना
जीपीए ३.६० देखि ४.००: ४८,१७७ जना
यसका अतिरिक्त १,६७,५९७ जना नन-ग्रेडेड (अर्थात परीक्षा पास गर्न नसकेका) छन्।
बोर्डका अनुसार नतिजा हेर्नका लागि वेबसाइटमा सम्पूर्ण विवरण अपलोड हुन केही समय लाग्नेछ। यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो।
नतिजा हेर्ने वेबसाइटहरू:
www.see.ntc.net.np
www.see.gov.np
www.neb.gov.np
विद्यार्थीहरूले एसएमएस तथा मोबाइल एपमार्फत पनि आफ्नो नतिजा हेर्न सक्नेछन्।