किरियामा भए पनि न्यायका पक्षमा: रविको समर्थनमा खडकचोक पुगे विष्ट

दिपक बहादुर विश्वकर्मा
टीकापुर । पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध भइरहेको राजनीतिक ‘साँधेखोजी’ को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार टीकापुरको खडकचोकमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। कार्यक्रममा टीकापुर–१ बल्क नं. १५ निवासी भरत बहादुर विष्टको उपस्थिति विशेष ध्यान खिच्ने खालको रह्यो।

__________ बिज्ञापन____________

विष्टका अनुसार पाँच दिनअघि मात्र आफ्नी आमाको निधन भएको हो र उनी अझै किरिया बसिरहेकै अवस्थामा छन्। तर, न्यायको पक्षमा चुप लाग्न नसक्ने भन्दै उनी किरिया तोडेरै खडकचोक आइपुगेका थिए। “न्यायका लागि म चुप लाग्न सक्दिन,” विष्टले भने, “रवि लामिछानेलाई राजनीति गरेर फसाउने काम भइरहेको छ भन्ने लागेकाले किरियामा हुँदा पनि यहाँ उपस्थित भएको हुँ।”

रास्वपाले देशभरि चलाइरहेको यो हस्ताक्षर अभियान राजनीतिक पूर्वाग्रह, संस्थागत अन्याय र दोहोरो मापदण्डविरुद्धको जनप्रतिक्रिया संकलन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।

खडकचोकमा आयोजित कार्यक्रममा रास्वपा समर्थक, स्थानीय युवा र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। सहभागीहरूले रवि लामिछानेमाथिको मुद्दालाई राजनीति प्रेरित भन्दै निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x