जानकी गाउँपालिकामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न

दिपक बहादुर विश्वकर्मा
दुर्गाैली।“धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित जानकी गाउँपालिकामा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा मनाइएको छ।

__________ बिज्ञापन____________

गाउँपालिकाको वडा नं. ४ अन्तर्गत बेलपुरमा आयोजित कार्यक्रममा परम्परागत शैलीमा धान रोपाइँ गरी दही–चिउरा खाएर असार १५ को विशेषता झल्काइएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरी, उपाध्यक्ष लालमती कठरिया, वडा नं. ७ का वडा अध्यक्ष कमल महतो, कार्यपालिका सदस्यहरू, पालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कृषिमा आत्मनिर्भरता, खाद्य सुरक्षा तथा धान बालीको सघन उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मनाइने यो दिवसले कृषकहरूलाई सम्मान गर्ने र कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x