सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथि आजबाट छलफल सुरु, असार १७ गते पारित गर्ने तयारी

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेटमाथि आजबाट औपचारिक छलफल सुरु हुँदैछ। प्रदेश सभामा बजेट प्रस्तुत भएको तीन सातापछि छलफल सुरु हुन लागेको हो।

__________ बिज्ञापन____________

 

प्रदेश सभा सचिवालयका अनुसार आज (आइतबार) दिउँसो ४ बजे सभा बस्नेछ। सभामुख भीमबहादुर भण्डारीले जानकारी दिएअनुसार यही असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

 

आजबाट सुरु हुने छलफल तीन दिनसम्म चल्नेछ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार असार १७ गतेसम्म बजेट पारित गर्ने तयारी गरिएको छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले बजेटको प्राथमिकता, वितरण र प्रभावकारिताबारे प्रश्न उठाउने र सुझाव दिने अपेक्षा गरिएको छ।

 

संसदीय परम्परा अनुसार, छलफलपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढाइनेछ। विपक्षी दलहरू बजेटमा समानुपातिक वितरण र विकासको सन्तुलनमा प्रश्न उठाउने तयारीमा छन् भने सत्ता पक्षले बजेटलाई समावेशी, दिगो र विकासमुखी भन्दै बचाउ गर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x