पर्साको मुसहर बस्तीका बालबालिकालाई एचडीएनपी इन्टरनेसनल अमेरिकाबाट शैक्षिक सामग्री सहयोग

पर्सा । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर तिन् कौवाबन गाउँस्थित मुसहर बस्तीका ८५ जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

__________ बिज्ञापन____________

 

शैक्षिक सामग्री वितरण कार्यक्रम हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडीएनपी इन्टरनेसनल), अमेरिका को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश को सहकार्यमा सम्पन्न भएको हो।

बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम, कटर र इरेजरलगायतका सामग्री वितरण गरिएको छ। एचडीएनपी इन्टरनेसनलका अध्यक्ष समाजसेवी देवी डेविड आचार्यको अगुवाइमा संस्थाले रु. ११,००० बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

कार्यक्रमको उद्देश्य दलित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउने, विद्यालयमा टिकाइ राख्ने, सिकाइमा सुधार ल्याउने र अभिभावकको चासो बढाउने रहेको थियो। सामग्री पाएकोमा बालबालिकासहित अभिभावकहरु खुसी भएको र समाजसेवी आचार्यप्रति आभार व्यक्त गरेका छन्।

सन् २०१२ मा अमेरिकी सरकारमा दर्ता भएको एचडीएनपी इन्टरनेसनल अमेरिका टेक्सास राज्यको आर्लिंगटन ड्यालस क्षेत्र वरपर घरबारविहीनलाई त्रैमासिक रूपमा खाना खुवाउने कार्य गर्दै आएको छ। साथै नेपालका विभिन्न जिल्लामा दलित तथा विपन्न समुदायको शिक्षादेखि राहतसम्म सहयोग पु¥याउँदै आएको छ।

 

कार्यक्रम दलित अभिभावक संघकी अध्यक्ष उर्मिला देवी मुसहरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पिसफोर दलितस फाउन्डेसनका कार्यकारी निर्देशक पारमानन्द राम, सदस्य सुरेन्द्र पासवान, सन्जोग राम, संगीता देवी मुसहर, अशोक राम लगायत दलित युवा, महिला र बालबालिकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष तथा दलित सामाजिक अभियन्ता मनोज रामले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x