कैलालीको जानकी गाउँपालिका सातमा एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

दिपक बहादुर विश्वकर्मा
कैलाली । जानकी गाउँपालिका सातमा रहेको श्री मोती माध्यमिक विद्यालय, मोतीनगरका कक्षा १० मा अध्ययनरत तथा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

__________ बिज्ञापन____________

वडा कार्यालय जानकी–७, मिलनचोकको आयोजनामा आयोजित कार्यक्रममा वडा अध्यक्ष कमल महत्तोको अध्यक्षतामा चार जना छात्र/छात्रालाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।

सम्मानित विद्यार्थीहरूमा बिरेन्द्र बिक (GPA 2.58), कोपिला शाही (GPA 2.86), जिनट चौधरी (GPA 2.66) र दुर्गा कुमारी गड्शिला (GPA 2.71) रहेका छन्।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष महत्तोले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको भविष्य उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले शिक्षालाई जीवन परिवर्तन गर्ने मुख्य साधनका रूपमा व्याख्या गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग पुर्‍याइने प्रतिबद्धता जनाए।

सम्मान कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन दिनुका साथै शिक्षाको गुणस्तर सुधारमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x