धनगढी । गायक तथा चर्चित उद्घोषक प्रेम बोगटीको नयाँ गीत ‘जोगी बनायो’ बिहीवार सार्वजनिक भएको छ। उक्त गीत बोगटीकै अफिसियल युट्युब च्यानल ‘Prem Bogati Official’ मार्फत सार्वजनिक गरिएको हो।
सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न मेला महोत्सवमा व्यस्त उद्घोषकका रूपमा चिनिएका बोगटीले यसअघि ‘टोपी ढाकैको’, ‘जोइ परानी’ जस्ता लोकप्रिय गीतहरू पनि सार्वजनिक गरिसकेका छन्।
‘जोगी बनायो’ गीतमा प्रेम बोगटीको स्वर रहेको छ भने संगीत संयोजन पनि उनले आफैं गरेका छन्। प्रेम बोगटीका अनुसार गीतले प्रेममा परेको व्यक्तिको गहिरो भावना प्रस्तुत गर्छ।
गीतको भिडियोमा पनि सुदूरपश्चिमको सांस्कृतिक झल्को देख्न पाइन्छ। दर्शक तथा श्रोताले गीतप्रति सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
गीत प्रेमीहरूले युट्युबमा ‘Prem Bogati Official’ मा गएर हेर्न र सुन्न सक्नेछन्।