नागरिक उन्मुक्ति पार्टीको आकस्मिक बैठक आज, मन्त्री बर्खास्तीपछि सरकारबारे निर्णय हुने

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको आकस्मिक बैठक आज बस्ने भएको छ।

__________ बिज्ञापन____________

 

मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री चौधरीलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नाउपाले शुक्रबार बिहान १० बजे संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो। संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार, बैठकले सरकारसम्बन्धी महत्वपूर्ण निर्णय लिने तयारी गरेको छ।

 

“मुख्यमन्त्रीज्यूले मन्त्रीज्यूलाई हटाएपछि हामीले बैठक आह्वान गरेका हौँ,” नेता चौधरीले भने, “सरकारबारे बैठकमा निर्णय हुन्छ।”

 

यसअघि पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबारै संघ र प्रदेश सरकारबाट पार्टी अलग हुने घोषणा गरेकी थिइन्। प्रदेश संसदीय दल पनि सोही निर्णयको तयारीमा जुटेको जनाइएको छ। यद्यपि, केन्द्रीय समितिबाट आधिकारिक पत्र भने अझै संसदीय दलमा आएको छैन।

 

हाल सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार सञ्चालनमा छ। प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ जना सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा नपर्ने अंकगणितीय अवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x