नागरिक उन्मुक्तिको समर्थन फिर्ता, सुदूरपश्चिम सरकार संकटमा

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले बहुमतको आधारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

__________ बिज्ञापन____________

 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेको थियो। सोही घटनाक्रमपछि पार्टीको संसदीय दलले आकस्मिक बैठक बोलाएको थियो।

 

बैठकमा सहभागी सांसद घनश्याम चौधरी, टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरीले सरकारबाट समर्थन फिर्ता लिनुपर्नेमा सहमति जनाएका थिए। भने अर्का तीन सांसद कैलाश चौधरी, खुसीराम डगौरा थारु र लक्ष्मणकिशोर चौधरी भने बैठकमा अनुपस्थित रहे।

 

बैठकमा अनुपस्थित रहेका सांसद कैलाश चौधरीले भने समर्थन फिर्ता लिनुअघि पार्टीको स्पष्ट र औपचारिक निर्णय आवश्यक रहेको बताउँदै संघ सरकारका मन्त्री अरुण चौधरीले पहिले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेका छन्। “जे मन लाग्यो त्यही गरेर हुँदैन,” उनले भने, “संगठित निर्णय हुनुपर्छ।”

 

संसदीय दलका नेता घनश्याम चौधरीले भने सरकारले मन्त्री बर्खास्त गरेर असहयोगको संकेत दिएको भन्दै अब औपचारिक रूपमा सरकारलाई समर्थन फिर्ता लिने पत्रको तयारी भइरहेको जानकारी दिए।

 

हाल सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सरकार गठन भएको छ। गठबन्धन अनुसार नागरिक उन्मुक्ति पार्टीले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको थियो।

 

पार्टीको समर्थन फिर्ताको निर्णयपछि सुदूरपश्चिम प्रदेश सरकारको बहुमत संकटमा पर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x