अत्तरियामा सुनचाँदी व्यवसायीको प्रदर्शन, विलासिता कर खारेजीको माग

भरत दास

__________ बिज्ञापन____________

अत्तरिया । सरकारले चालु आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा लगाएको २ प्रतिशत ‘विलासिता कर’ फिर्ता लिन माग गर्दै कैलाली र कञ्चनपुरका सुनचाँदी व्यवसायीहरूले अत्तरियामा प्रदर्शन गरेका छन्।

 

शनिवार भएको विरोध कार्यक्रममा व्यवसायीहरूले ‘सुनचाँदीमा लगाइएको विलासिता कर खारेज गर’, ‘हामी विरोधमा छौँ’, ‘उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर’, ‘उपभोक्ता अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

 

सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिम प्रदेश प्रवक्ता रूपक सुनारले सरकारले बजेटमार्फत् लादेको विलासिता करले व्यवसाय थप सङ्कटमा परेको बताए। “विलासिता करले व्यवसायी मात्रै होइन, उपभोक्ता पनि मारमा परेका छन्,” उनले भने, “यो व्यवस्था खारेज नभएसम्म देशभर आन्दोलन जारी रहनेछ।”

 

उनका अनुसार विगत एक महिनादेखि देशैभरका सुनचाँदी व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्। संघीय सरकारले तुरुन्तै व्यवसायी, उपभोक्ता र कालिगडमैत्री नीति ल्याउनुपर्ने माग पनि व्यवसायीहरूको रहेको छ।

 

सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिँदै आगामी दिनमा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x