धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा अवस्थित हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले कक्षा १० को एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई एक कार्यक्रममार्फत सम्मान गरेको छ।
विद्यालयबाट सहभागी २१ जना विद्यार्थीमध्ये स्नेहा ठगुन्नाले ३.९६ जिपिए ल्याउँदै प्रथम स्थान हासिल गरेकी छन्। विद्यालयले उनलाई डेस्कटप कम्प्युटर, खादा र कदरपत्र प्रदान गरी सम्मानित गरेको हो। ठगुन्ना कक्षा नर्सरीदेखि १० सम्म हिलवर्ल्डमै अध्ययन गरेकी थिइन्।
त्यस्तै, ३.६७ जिपिए ल्याएर संगिता चन्द दोस्रो र ३.६४ जिपिएसहित सोनिया उपाध्याय तेस्रो स्थानमा रहे। विद्यालयले दुवैलाई साइकल, खादा र कदरपत्र प्रदान गर्दै सम्मान गरेको छ। सम्मान समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर वमसहितका अतिथिहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रिन्सिपल डिआर शर्माका अनुसार अन्य सबै विद्यार्थीहरू पनि ए र बी ग्रेडमा उत्तीर्ण भएका छन्।
समारोहमा अध्यक्ष वमले हिलवर्ल्ड स्कुलले कैलालीको शिक्षाक्षेत्रमा दिएको योगदान उल्लेख गर्दै भने, “विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको हो।”