धनगढीमा मानसिक रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले मानसिक रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

__________ बिज्ञापन____________

सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रसाद लामिछानेले मानसिक रोगका समस्या, लक्षण र उपचार विधिबारे विस्तृत जानकारी प्रस्तुत गरे।

 

उनका अनुसार मानसिक रोगको प्रमुख कारणमध्ये रक्सी र लागूपदार्थको सेवन पनि एक हो। “विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक चार जनामध्ये एक जनामा मानसिक समस्या देखिने गरेको छ,” डा. लामिछानेले बताए।

 

बालकदेखि वृद्धसम्म सबै उमेर समूहमा मानसिक रोग देखिन सक्ने बताउँदै उनले तनाव व्यवस्थापन, खानपान तथा जीवनशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।

 

कार्यक्रम नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो। सहजीकरण महासंघका सचिव तेजराज भट्टले गरेका थिए। कार्यक्रममा जिल्लाभरिका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x